
काठमाडौं । प्राइम कमर्सिलय बैंकसँग मर्ज भाडिएपछि ओम डेभलपमेण्ट बैंक एनएमबि बैंकसँग गाभिने भएको छ । यस अघि प्राइम कमर्सिएल बैंकसँग मर्जर प्रकृयामा रहेको ओमलाई सम्झौता भाडिएसँग एनएमबिले प्राप्तीको कार्यक्रम तय गरिएको बैंकले जनाएको छ ।
गाभ्ने गाभिने (मर्ज) सम्झौतामा हस्ताक्षर गर्न एनएमबीले विहीबार आज ३ः३० बजे होटेल अन्नपूर्णमा कार्यक्रम राखेको छ । एनएमबी बैंकले दिएको जानकारी अनुसार दुबै बैंकविचको मर्जर प्रकृया आगामि तीन महिना भित्र सम्पन्न गरी एकीकृत कारोबार गर्नेमा सहमति भएको समेत बैंकले जनाएको छ ।
प्राइमसँगको मर्ज प्रक्रियामा करिब १ वर्ष अघिदेखिको प्रयास भाँडिएपश्चात नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । मर्जरमा जाने सहमति भएपनि हालसम्म स्वाप रेसियोको विषयमा भने टुङ्गो लागिनसकेको कम्पनीहरुले जानकारी दिएका छन् ।
दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन पश्चात प्राप्त हुने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको जानकारी प्राप्त भएको छ । ओम डेभलपमेन्ट बैंकले भने १००ः ८० को स्वाप रेसियोको माग गरेको बुझिएको छ । प्रमाई कमर्सियल बैंकसँग स्वाप रेसियोको विषयमा कुरा नमिलेपछि २ महिना पहिला मर्ज नगर्ने जानकारी ओमले दिएको थियो ।
हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । दुबै बैंक एक आपसमा गाभिएपछि चुक्ता पूँजी १२ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस