काठमाडौं । बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यले कनेक्ट आइपीएसबाट ईपेमेन्ट गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएसबाट ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको जनाएको छ ।
मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट÷मोबाईल बैंकिङ च्यानल तथा अन्य दस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएसबाट ईपेमेन्ट मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।
बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरेको कम्पनीले जनाएको छ । यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।
कनेक्ट आइपीएसबाट ईपेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।
यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाखसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आइपीएसको फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल÷इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस