aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा १० प्रतिशतसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
हिमालयन बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा १० प्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन बैंकले काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न १०० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ। बैंकले ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीसँग यस्तो सम्झौता गरेको हो।

सम्झौताअनुसार उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेलगायतमा १० प्रतिशतको विशेष छुटको व्यवस्था गरेको छ।

बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

बैंकले विभिन्न ७५ स्थानबाट सुरु गरेका छुटको व्यवस्था हाल बढाएर १०० वटा भन्दा बढी स्थानमा लागू गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस