
काठमाडौं । शिखरदिप बहुउदेश्यिय सहकारी संस्था गठ्ठाघरले आफना उत्पादनमा ५ प्रतिशत छुट दिने भएको छ । खाद्यन्न लगायतका विभिन्न दैनिक उपभोग्य बस्तुहरु उत्पादन गर्दै आइरहेको उक्त सहकारीले कोरोना भाइरसको संक्रमणको त्रासले नेपाली बजार समेत प्रभावित बनिरहेको सन्र्दभमा यस्तो योजना ल्याएको हो ।
सहकारीका अध्यक्ष केदारनथाथ शर्माले हाल काठमाडौं उपत्यकाका कर्तिपुर, पाटनको मंगलबजार, बागबजार, न्यूरोड, महाराजगंज, कौशलटार, सल्लाघारी र सूर्यविनायक गरि ८ स्थानमा रहेको सदस्य सेवा काउन्टरबाट उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तुको खरिदमा ५ प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाइएको बताएका छन् । उनले अहिले उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आइरहेका जानकारी दिए ।
‘हाम्रो उद्योगमा करिव १ महिनासम्मका लागि पुग्ने खाद्यन्न सामग्रि छन् । यस्तो संकटको वेलामा सरकारलाई सघाउन र नागरिकलाई अफठ्यारोमा साथ दिन छुटको व्यवस्था गरेका हौ । यसले कालाबजारी नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं—अध्यक्ष शर्माले भने ।
बजारमा अहिले दैनिक उपभोग्य बस्तुमा कालाबजारी बढ्दै गएको सन्र्दभमा आफना शेयर सदस्य तथा अन्य उपभोक्तालाई राहात उपलब्ध गराउन यो व्यवस्था गरिएको अध्यक्ष शर्माको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस