काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ । चैत १० गतेका दिन हुने भनिएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशनको कारण बैंकले साधारणसभा स्थगित गरेको हो ।
बैंकको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको बैंकले जनाएको छ । यसवाट शेयर धनीलाई पर्न गएको असुविधा प्रति बैंक क्षमा पनि मागेको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
प्रतिक्रिया दिनुहोस