aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राष्ट्र बैंकले भन्यो :घरबाटै वित्तीय सेवा सञ्चालनलाई प्राथमिकता देऊ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
राष्ट्र बैंकले भन्यो :घरबाटै वित्तीय सेवा सञ्चालनलाई प्राथमिकता देऊ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवामा संलग्न वित्तीय संस्थाहरुले आफूलाई सुरक्षित राख्दै वित्तीय सेवा उपलब्ध गराउन निर्देशन जारी गरेको छ । बैंकलाई कम कर्मचारीबाट सेवा सञ्चालन गर्न र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर कर्मचारीलाई सिफ्टमा काम लगाउन साथै घरबाटै सेवा सञ्चालनलाई प्राथमिकता दिने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनेको छ । 

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत श्ुक्रबार आफ्नो सम्बोधनमा अत्यावश्यक सेवा सुचारु राख्ने निर्देशन आएअन्सार नै वित्तीय संस्थाहरुले सेवा सुचारु राख्ने राष्ट्र बैंकले भनेको छ । साथै राष्ट्र बैंकले ग्राहकको भिडलाई कम गर्नका लागि डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न सिनिटाइजर, मास्क, थर्मल लगायतका सामाग्री समेत बैंकमा  राख्ने भनेको छ । 

प्रतिक्रिया दिनुहोस