काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु। १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।
कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
प्रतिक्रिया दिनुहोस