काठमाडौं । माछापुच्छ्रे बैकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले
कोइरालालाई २०७७ बैसाख १ गतेदेखि लागू हुने नियुक्ती गरेको हो । गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।
उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइसकेका छन् । कोइरालाले बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन । सानिमा बैंक हुँदै माछापुच्छ्रे बैक लामोसमय काम गरिसकेका छन् । उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ ।
बैंकिङको लामो अनुभव भएका कोइराला माछापुच्छ्रे बैकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया दिनुहोस