
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले तय गरेको बुक क्लोजको मिति संशोधन भएको छ । कम्पनीले चैत ९ गते १२औं वार्षिक साधारण सभा गर्ने सुचना सार्वजनिक गरेको थियो । उक्त सभा प्रयोजनको लागि कम्पनीले यस अघि चैत १२ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भनेको थियो । सो मितिलाई संशोधन गर्दै सोमबार सार्वजनिक सुचनामा चैत १७ देखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने कम्पनीले बताएको हो ।
बैंकले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०ः३० बजे सभा बोलाएको हो । साधारण सभाको प्रस्तावमा शेयरधनीहरुका लागि चुक्तापूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस