काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकका देशैभरीका ६ वटा शाखा आज पनि सञ्चालन हुने भएको छ । बैंकले दिएको जानकारी अनुसार काठमाडौं बनस्थलीको शाखा, भक्तपुर ठिमी शाखा, ललितपुर कुमारीपाटी शाखा, पोखरा न्यूरोड शाखा, चितवन नारायणगढ शाखा र नेपालगञ्ज शाखाहरु विहान ११ बजेदेखि देउसो १ बजेसम्म खुल्ने जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट वच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपीएसबाट सेवा लिन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस