aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सनराईज बैंकले दियो नेपाल प्रहरीलाई ६५ थान पीपीई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
सनराईज बैंकले दियो नेपाल प्रहरीलाई ६५ थान पीपीई

काठमाडौं । सनराईज बैंकले ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । 

सो अवसरमा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पीपीई हस्तान्तरणन गरेका हुन् । 

कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । 

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा संक्रमण भएको खण्डमा बचाउने पुनित उद्देश्यले उक्त पीपीई हस्तान्तरण गरिएको जनाईएको छ । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराईज बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 
    
 

प्रतिक्रिया दिनुहोस