aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

दोहा बैंकद्धारा २० लाख रियाल सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
दोहा बैंकद्धारा २० लाख रियाल सहयोग

 काठमाडौं । दोहा बैंकले २० लाख रियाल सहयोग गर्ने भएको छ । कतारको सनैया क्षेत्रमा क्वारेन्टाइनमा निगरानीमा राखिएका कामदारको खाना र स्वास्थ्य सामग्रीका लागि बैंकले २० लाख रियाल (करिब ६ करोड ६० लाख रुपैयाँ) सहयोग उपलब्ध गराएको हो ।

सनैया क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउन सो आर्थिक सहयोग कतार च्यारिटीलाई दिएको र कतार च्यारिटीमार्फत कामदारलाई उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस