काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको गरेको बैंकले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाइने बैंकले जनाएको छ । मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउने दावी गरिएको छ ।
यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।
बैंकका मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
प्रतिक्रिया दिनुहोस