काठमाडौं । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५/२५ थान दिएको हस्तारन्तरण गरेको छ । कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिएको बैंकले जनाएको छ ।
शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेञ्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका थिए । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पिपिइ हस्तान्तरण गरेका थिए ।

। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस्तो अवस्थामा सनराइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) उपकरण वितरण गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस