aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिद्धार्थ बैंकद्वारा प्रदेश ५ मा १० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
सिद्धार्थ बैंकद्वारा प्रदेश ५ मा १० लाख सहयोग

भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई  १० लाख रुपैयाँ सहयोग गरेको छ ।

शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ ।

बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पु¥याउनु महान् कार्य भएको बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस