aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

लकडाउनमा एनआईसी एसियाको ग्राहकलाई दिने सेवाको तयारी यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
लकडाउनमा एनआईसी एसियाको ग्राहकलाई दिने सेवाको तयारी यस्तो छ

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकलाई सेवा दिनका लागि बैंकले सातै प्रदेशमा संयोजक तयार पारेको छ । ग्राहका गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको बैंकले जनाएको छ । ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउने बैंकले दावी गरेको छ । 

जस्तै, प्रदेश १ मा रहनु भएका ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या राखि समाधानको उपाय प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहक महानुभावले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सकिने छ । यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न केन्द्रहरु स्थापना गरेको छ ।

यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने बताएको छ ।  बैंकले सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 

बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ ।

 उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिने बनाएको  छ ।  

साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस