aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनआईसी एशिया बैंकद्वारा मजदुरलाई पाँच लाखको खाद्यान्न सामग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
एनआईसी एशिया बैंकद्वारा मजदुरलाई पाँच लाखको खाद्यान्न सामग्री वितरण

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । 

यसै सन्दर्भमा आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । 

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस