aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गभर्नर सिफारिस समिति बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
गभर्नर सिफारिस समिति बन्यो

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि सिफारिस समिति बनाएको छ । गत चैत ९ गते बसेको मन्त्रिपरिषदको बैंठकले गभर्नर नियुक्ति सिफारिस समिति गठन गरेको स्रोतले बताएको छ ।   

चैत ९ गते बसेको मन्त्रिपरिषदले नै सिफारिस समिति बनाए पनि १० गतेदेखि कोरोना भाइरसको महामारीका कारण लकडाउनमा देश गएका हुनाले उक्त निर्णयले प्राथमिकता नपाएको समाचार स्रोतले बताएको छ । सरकारले अर्थमन्त्री संयोजक सदस्यहरु पूर्व अर्थसचिव तथा सूचना आयोगका आयुक्त कृष्णहरी बास्कोटा र पूर्वगभर्नर विजयनाथ भटटराई रहेको समिति बनाएको स्रोतले बताएको छ । 

१० चैतमा मन्त्रिपरिषदको निर्णयको माइन्यूट गर्दासम्म यी व्यक्तिको नाम रहेको भएपनि बाहिर भने पूर्व गभर्नर विजयनाथ भटट्राई र पूर्वमन्त्री विद्याधर मल्लिकको नाम आइरहेको छ । चैत ९ गतेको मन्त्रिपरिषदले नै  गभर्नर सिफारिस समिति बनाएको राष्ट्र बैंकका सञ्चालक डा.सुबोधलाल कर्ण पुष्टि गरेका छन  ।  सरकारले समयमा गभर्नर सिफारिस समिति गठन नै गर्न सकेन भने गभर्नर पद खाली भएको दुई साता वित्न लाग्दा बल्ल सिफारिस समिति गठन गरेको छ। 

सरकारले गत   चैत्र ६ गतेदेखि गभर्नर पद खालि रहेको छ भने कामु गभर्नरका रुपमा सरकारले डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई जिम्मेवारी दिएको छ । सरकारले गभर्नर नियुक्त गर्नको लागि बहालवाल अर्थमन्त्रीको नेतृत्वमा गभर्नरको कार्यकाल सकिन १ महिना अगाडी नै गभर्नर नियुक्ती समिति बनाइसक्नु पर्ने थियो ।

उक्त समितिले बहालवाला डेपुटी गभर्नर १ जना सहित ३ जनाको नाम मन्त्रीपरिषदलाई सिफारिस गर्छ । सिफारिस गरिएका मध्यबाट एकलाई गभर्नर नियुक्त गर्ने ब्यवस्था छ ।  कामु गभर्नर चिन्तामणी शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल, पूर्व राजस्व सचिव लालशंखर घिमिरे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतका आधा दर्जन नेपाल राष्ट्र बैंकको १७ औ गभर्नरका लागि रेसमा रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस