aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनआईसी एसिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
एनआईसी एसिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरिरहेका बेला एनआईसी एसिया बैंकले दैनिक ज्याला मजदूरी गर्नेहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

बैंकले काठमाण्डौमा ज्याला मजदूरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही राहत मिल्ने विश्वास लिएको छ । 

यसैगरी बैंकले लकडाउनमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ जनाएको छ ।

‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, बीमा तथा टेलिफोन शुल्कजस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस