aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक

 काठमाडौं । मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्न सफल भएको घोषणा गरेको छ। फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ लिडर बन्न सफल भएको हो। 

ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङ मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन्।

मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटीएम, १४ हजार भन्दा बढी मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ र क्यूआर भुक्तानीलाई सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस