
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम कोषमा सहयोग गरेको छ । सोमबार बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पाच लाख रुपैयांको चेक हस्तान्तरण गरेको थिए ।
उक्त समयमा प्रदेश निर्देशक ज्युले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसंग समन्वय गरी बैंकिङ्ग सेवाहरु प्रदान गरीरहेको ब्यहोरा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
साथै यस अघि कृषि बिकास बैंक केन्द्रीय कार्यालयद्धारा नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि खडा गरेको केन्द्रीय कोरोना राहत कोषमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ करोड २५ लाख रुपैयां सहयोग गरिसकेका छन ।
प्रतिक्रिया दिनुहोस