aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मुक्तिनाथ विकास बैंक बन्यो मोबाईल बैंकिङ्ग लिडर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
मुक्तिनाथ विकास बैंक बन्यो मोबाईल बैंकिङ्ग लिडर

  काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग  मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले १ सय ३६ वटा शाखा, २२ वटा एटिएम, १४ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, ३२ हजार भन्दा धेरै रेमिट्यान्स् एजेन्ट मार्फत आफ्ना ६ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।  बैकले ग्राहक र मर्चेन्टबीचमा मोबाईल बैंकिङ्ग  र क्युआर भुक्तानीलाई  सक्रियता पूर्वक प्रोत्साहन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस