aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनआईसी बैंकका ग्राहकलाई दराज अनलाईनमा समान खरिद गर्दा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
एनआईसी बैंकका ग्राहकलाई दराज अनलाईनमा समान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाइ दराज अनलाईनमा समान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच सम्झौता भएको हो । 

यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म दराज डट कम डट एनपीमा गई बिग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो । 
 

प्रतिक्रिया दिनुहोस