
काठमाडौं । विश्वव्यापारी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा बिहीबार विभिन्न वित्तीय तथा गैर वित्तीय संस्थाहरूले करिब सवा अर्ब रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न वित्तीय तथा गैर वित्तीय संस्था प्रमुखहरूले कोरोना कोषमा सहयोग रकमको चेक सरकारलाई हस्तान्तरण गरेका हन् ।
२० वटाभन्दा बढी वाणिज्य बैंकहरूले २२ करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गरेका छन् भने सञ्चार मन्त्रालयका अन्तर्गतका संस्था नेपाल दुरसञ्चार प्राधिकरणः १५ करोड रुपैयाँ र नेपाल टेलिकमः १२ करोड रुपैयाँ बुझाएको छ । त्यसरी नै बीमा समितिले ५ करोड, नेपाल धितोपत्र बोर्ड ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोष ३ करोड, नेपाल स्टक स्क्चेन्ज ३ करोड ५१ लाख ५ रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।
सिडिएस कम्पनी ३५ लाख, राष्ट्रिय वीमा कम्पनी लिमिटेड २ करोड, राष्ट्रिय बीमा संस्थान १ करोड ८, नेपाल पुर्नबीमा कम्पनी १ करोड ११ लाख, नागरिक लगानी कोष २ करोड १०, कर्मचारी सञ्चय कोष ५ करोड रुपैयाँ कोषमा हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस