aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

माछापुच्छ्रे बैंकले गर्यो कोरोना कोषलाई १ करोड ६ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
माछापुच्छ्रे बैंकले गर्यो कोरोना कोषलाई १ करोड ६ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण  रोक्न सरकारले खडा गरेको कोरोना कोषलाई १ करोड ६ लाख सहयोग गरेको छ । विहिबार सात वटै प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई ५/५ लाखका दरले कुुल ३५ लाखको चेक हस्तान्तरण गरेको हो । 

त्यस्तै, केन्द्रिय सरकार अन्तर्गतको कोषलाई ५१ लाख उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि बैंकले महानगरीय प्रहरी कार्यालयको समन्वयमा काठमाडौं र भक्तपुरका भिडभाड हुने प्रमुख १६ स्थानहरुमा पानी ट्यांकी सहित हातधुने ठाउँको व्यवस्था गरेको थियो । 

साथै, स्थानीय निकायहरुको समन्वयमा बैंकले दैनिक ज्याला मजदुुरी गरेर छाक टार्दै आएका अतिविपन्न परिवारलाइ खाद्यान्न उपलब्ध गराएको हो । उक्त कार्यहरुमा बैंकले २० लाख खर्च भएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस