aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना कोषमा नेपाल बैकद्धारा १ करोड ५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
कोरोना कोषमा नेपाल बैकद्धारा १ करोड ५ लाख सहयोग

काठमाडौं । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडले १ करो ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको ५ लाख र केन्द्रिय कोषमा १ करोड सहयोग गरेको हो । 

बैंकको प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई बिहिवार हस्तान्तरण गरेका हुन् भने यस अघि बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड जम्मा गरि सकेको छ ।

बैंकले हालसम्म गण्डकी प्रदेशमा बिभिन्न २३ वटा शाखाहरु, १७ वटा एटीएम र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस