काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट कुल सो रकम सरकारलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ। जस अन्र्तगत हरेक प्रदेश सरकारलाई पाँच लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस