aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एसबिआई बैंकद्वारा १ करोड सहयोग गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
एसबिआई बैंकद्वारा १ करोड सहयोग गर्ने निर्णय

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि जम्मा १ करोड रुपैपयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

उक्त रकममध्ये ५० लाख रुपैया केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्नेछ । यसका साथै बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ । 
 
बैैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्न संस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस