
काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमणबाट जोगिन गण्डकी प्रदेशका विभिन्न अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई ५० थान पीपीई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।
हालसम्म बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ ।
प्रतिक्रिया दिनुहोस