
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक ले चैत ३० गते बोलाएको १२ औं बार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकले शुक्रबार सुचना जारी गर्दै अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको जनाएको हो ।
बैंकले सभामा ६ प्रतिशत बोनस शेयरको प्रस्ताब पारित गर्ने भएको थियो । सभा प्रयोजनका लागि बैंक ले चैत १० गतेदेखी बुक क्लोज गरेको छ । सभाका लागि तय गरिएका बिषय भने यथावत राखिएको बैंकले प्रष्ट पारेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले तय गरेको लकडाउनको अबधी बढ्न सक्ने सम्भावना रहेको भन्दै साधारण सभा स्थगित गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस