aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

काठमाडौं। सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सुरक्षात्मक उपकरण (पीपीई) ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री  पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेको छ ।  बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रविन्द्र के.सीले शुक्रबार एक कार्यक्रमकाबीच  सामग्री हस्तान्तरण गर्नु भएको हो । 

विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेकोले, यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई  हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री  नवल कुशोर साहज्यूलाई  हस्तान्तरण गरेका थिए ।

हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस