
काठमाडौं । कुमारी बैंक लिमिटेडले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको छुटको व्यबस्था गरेको छ । उक्त सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने दावी गरेको छ ।
विश्भरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस