aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनआई एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई बम्पर उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
एनआई एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई बम्पर उपहार

काठमाडौं । एन आइसी एशिया बैंकले अनलाईन खाता खोल्नेलाई बम्पर उपहार योजना सार्वजनिक गरेको छ । बैंकले अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने योजना ल्याएको हो । 

बैंकको वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने बैंकले जनाएको छ ।  खाता खोलिसकेपछि ग्राहकले पाउने खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन् । 

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख पैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ । ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सञ्चालन गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ ।

 मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले ५०० रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

 देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलह?मा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भ’क्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ ।  मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४०० रुपैयाँसम्मको रकम फिर्ता पाउन सक्ने छन् । 

प्रतिक्रिया दिनुहोस