
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कम्पनीले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएका समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको कम्पनीको भनाई छ ।
कम्पनीले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको यस कम्पनीले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ
प्रतिक्रिया दिनुहोस