aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मेगा बैंकद्धारा बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
मेगा बैंकद्धारा बागमती र कर्णाली प्रदेशलाई ५/५ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ । 

कोरोना रोकथामका लागि बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैंया सहयोग गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । 

यसैगरी, मेगा बैंक वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग हस्तान्तरण गरेका छन् । 

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 

सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५–५ लाख रुपैंया हस्तान्तरण गरिसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस