aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सनराइज बैंकद्वारा पीपीई वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
सनराइज बैंकद्वारा पीपीई वितरण

काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीइ वितरण गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको भन्दै उक्त सुरक्षात्मक उपकरण वितरण गरेको बैंकले जनाएको छ । 

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । 

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीइ र ५०० थान माक्स हस्तान्तरण गरेका थिए । 

साथै तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिइ बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका हुन् । 

हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस