
काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भए संगै अब छापिने नेपाली नोटमा पनि नयाँ हस्ताक्षर हुनेछ । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले उनलाई गभर्नरमा नियुक्त गरेसंगै नेपाली नोटमा हुने हस्ताक्षर पनि फेरिने भएको हो ।
यसअघि नेपाली नोटमा चिरञ्जिवि नेपालको हस्ताक्षर थियो भने अब गभर्नर अधिकारीको हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया दिनुहोस