aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा ५० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
महालक्ष्मी विकास बैंकद्वारा ५० लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंक लिले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु.५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

 बैकले संघीय सरकारलाई रु.१२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

 यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस