aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नाडेप लघुवित्तले ६२ प्रतिशतले नाफा घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
नाडेप लघुवित्तले ६२ प्रतिशतले नाफा घटायो

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (Nadep Laghubitta Bittiya Sanstha Ltd. ) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड ४६ लाख रुपैयाँ कमाएको थियो ।

३२ करोड रुपैयाँ चुक्ता पुँजी भएको नाडेपले जगेडाकोषमा २२ करोड ४८ लाख रुपैयाँ कमाएको छ ।  

जसले निक्षेपमा १ अर्ब ५ करोड ६४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । 

नाडेप लघुवित्तको खुद ब्याज आम्दानी १३ दशमलव ३३ प्रतिशतले बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६६ दशमलव ६६ प्रतिशतले घटेर २ करोड २९ लाख रुपैयाँ कमाएको छ । जसले खुद व्याज आम्दानी बढाएपनि संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो । नाडेपले प्रोभिजनमा ५ करोड २९ लाख रुपैयाँ राखेको छ ।

नाडेप लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव ४१ प्रतिशत, निष्कृय कर्जा ४ दशमलव ३४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानी अनुपात ९२ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १६० दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ३५ प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस