aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एसबिआईद्वारा धारा कोभिड १९ रोकथामको लागि सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
एसबिआईद्वारा धारा  कोभिड १९ रोकथामको लागि सहयोग

नेपालगञ्ज । नेपाल एसबिआई बैंकको कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग गरेको छ । खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा बैंकले ३ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई) सहयोग गरेको छ । 

त्यस्तै सेनिटाइजर, साबून, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ  । 

उक्त कार्यक्रममा बैंकका प्रदेश छ प्रमूख डिकेन्द्र खड्का, कोहलपूर शाखा प्रमूख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिती थियो । 
 

प्रतिक्रिया दिनुहोस