aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सजिलो लघुवित्तको नाफामा अत्याधिक वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
सजिलो लघुवित्तको नाफामा अत्याधिक वृद्धि

सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड (Sajilo Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड २ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६२ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३८ लाख रुपैयाँ कमाएको थियो ।

१४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सजिलो लघुवित्तले जगेडाकोषमा ७ लाख रुपैयाँ कमाएको छ ।  

जसले निक्षेपमा ६ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ११ गुणाले वृद्धि गरी ५९ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । 

सजिलो लघुवित्तको खुद ब्याज आम्दानी ३ गणाले बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ दशमलव ८२ प्रतिशतले बढेर ७२ लाख रुपैयाँ कमाएको छ । जसले प्रोभिजनमा ८२ लाख रुपैयाँ राखेको छ ।

सजिलो लघुवित्तको जोखिम युक्त सम्पत्ति २५ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस