
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय भएको छ । आज बसेको बैंक सञ्चालक समिति बैंठकले किरणकुमार श्रेष्ठलाई निरन्तरता दिने गरि निर्णय गरेको बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बताए ।
९९ प्रतिशत सरकारी स्वामित्वको बैंकको सञ्चालक समितिले श्रेष्ठलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ। बैंकले आर्थिक वर्ष २०७५/ ७६को नाफाबाट सरकारलाई नाफा बाँड्न श्रेष्ठ सफल भएका थिए ।
श्रेष्ठले बैंकको प्रमुख पदमा पुन: आफूलाई सरकारले विश्वास गरेर निरन्तरता दिएकोले अघिल्ला वर्षको भन्दा पनि राम्रो प्रतिफल ल्याउने गरी मेहनतका साथ काम गर्ने बताए । उनले भने, 'सरकारले पुन प्रमुख कार्यकारी पदमा मलाई नै विश्वास गरेको छ सरकारको यो विश्वासलाई प्रतिफलका रुपमा सरकारलाई दिने प्रयास गर्ने छु । '
विश्वभरी फैलिएको यो महामारीबाट बाहिर निस्कनका लागि पहिलो योजना बनाउने उनले बताए । केहि दिनमा नै बैंकले यो महामारीले पार्ने असरका बारेमा अध्ययन गर्ने र योजना बनाउने समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस