
धनगढी । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द« शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
अस्पतालको मेसु पाण्डेले सन्राइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यवाद दिएका थिए । बैंककाका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गरेका बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।
प्रतिक्रिया दिनुहोस