aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

ग्रामीण विकास लघुवित्तद्धारा कोरोना संक्रमण रोकथामका लागि सहयोग प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
ग्रामीण विकास लघुवित्तद्धारा कोरोना संक्रमण रोकथामका लागि सहयोग प्रदान

 काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ । संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको हो । 

कुल रकममध्य संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र  प्रदेश नं. १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा रु. २ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको हो । 

त्यस्तै प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, वाग्मती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, गण्डकी प्रदेश २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

 प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा रु. २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार गरी कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस