aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आर्थिक समृद्धि लघुवित्तको घाटा २१ लाख ७ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
आर्थिक समृद्धि लघुवित्तको घाटा २१ लाख ७ हजार

काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले घाटा कम गर्दै गएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनी अझै २१ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । यो रकम गत वर्षको यसै अवधिमा ३३ लाख ८१ हजार रहेको थियो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीले कुल सञ्चालन आम्दानी साढे ७७ प्रतिशतले बढाएको छ । गत वर्ष  ६४ लाख १२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष  १ करोड १३ लाख ८२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

यस वर्ष १२ लाख २३ हजार रुपैयाँ खराब कर्जा उठाएको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य रहेकोमा यस वर्ष ०.७५ प्रतिशत रहेको छ । सम्भावित जोखिम शिर्षमा  ३२ लाख ९२ हजार रुपैयाँ छुट्याएको कम्पनीको यो तेस्रो त्रैमासमा सञ्चालन घाटा रू. ३३ लाख ३० हजार रहेको छ । गत वर्ष ७ लाख ४५ हजार रुपैयाँ मात्र सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकोमा यस वर्ष यो रकम ४ गुणा बढेको छ । जसले गर्दा कम्पनीले घाटा व्यहार्नु परेको अवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस