
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरधनीहरुलाई कालो सूचीमा जारी गरेको छ । बैंकले कालो सूचीमा नपरेको प्रमाणपत्र पेश गर्न सूचना जारी गरेको हो छ । हाल संस्थापक शेयरधनीहरुको शेयर स्वामित्व संरचना परिवर्तन गर्ने कार्य अघि भईरहेकाले कालो सूचीमा नरहेको प्रमाण पेश गर्न बैंकले अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेका संस्थापक शेयरधनीहरुको मात्र सर्वसाधारणमा परिणत हुने शेयर डिम्याट खातामा जम्मा गरिने बैंकको भनाई छ । सोही प्रकृया बमोजिम बैंकले कालो सूचीमा नरहेको प्रमाण पेश गर्न संस्थापकहरुलाई आग्रह गरेको जानकारी दिएको छ ।
बैंकले यस अघि कायम ६१.३१ प्रतिशत संस्थापक शेयर स्वामित्व घटाएर ५५ प्रतिशत कायम गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकको फागुन १९ गते सम्पन्न वार्षिक साधारण सभामार्फत निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस