
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा २९ देखि लागू हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका थिए । किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गरेका छन । उनले पदबहाली गर्दै बैंकको आ.व.२०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन । बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस