aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एन आई सी एशियाको शाखा पिडारी चोकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
एन आई सी एशियाको शाखा  पिडारी चोकमा

काठमाडाैं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउतबाट आइतबार भव्य समारोहका बीच उद्घाटन भएको हो ।

बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस