aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंकबाट ऋण लिएकालाई खुसीको खबर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
बैंकबाट ऋण लिएकालाई खुसीको खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन्। संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा अझै सहुलियत प्रदान गर्ने बताएका छुन् । उनले सोमबार बीबीसी नेपालीसेवासँग कुरा गर्दै उक्त संकेत गरेका हुन् ।

उनले भने ‘लकडाउनको असर उद्योगधन्दा, बैंक बित्तिय संस्थामा परेको छ । यसको फलस्वरुप बैंकबाट लिएको ऋण तिर्न नसक्ने, ब्याज तिर्न नसक्ने स्थिति हुनसक्छ । यसलाई हामिले कुनै न कुनै रुपले छुट दिनु पर्ने, समय दिनु पर्ने स्थिति हुन सक्छ । यो समयमा समग्र अर्थतन्त्रले, राष्ट्र बैंकले कम्प्रोमाईज गर्नु पर्ने हुन सक्छ । यस्तो कम्प्रोमाइज वित्तिय स्थिरतालाई चुनौती  दिन्छ,, यी चुनौतीहरुलाई सामाना गर्न हामी प्रयासरत छौं ।’

उनले चैत महिनाको किस्ता असारमा बुझाउँदा दुबै किस्ता एकै पटक तिर्नु पर्ने हुँदा थप आर्थिक भार पर्न जाने भएकोले यसबारे थप छलफल शुरु गरेको बताए । तत्कालीन अवस्थामा गरेको निर्णय भएको बताउँदै लकडाउनको अवधि थपिएकोले यसलाई सम्बोधन गर्नु पर्ने अवस्था आएको उनको भनाइ थियो । 

नेपालको अर्थतन्त्रमाथि हालै विश्व बैंकले आँकलन गरे झै आर्थिक वर्षको ८ महिना रेगुलर राम्रै काम भएकोले त्यति तल नझर्ने उनको भनाइ छ ।

विश्व बैंकले आइतबार जारी सार्वजनिक गरेको एक प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने देखिएको छ । दक्षिण एसियाका ८ वटा मुलुकको सो प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरिएको थियो । 

अघिल्लो प्रक्षेपणमा विश्व बैंकले नेपाली अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने भनी गरिएको प्रक्षेपणलाई संशोधन गर्दै यस्तो सार्वजनिक गरेको हो । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स, व्यापार र पर्यटन क्षेत्र सबैमा कोरोना भाइरसको नकारात्मक प्रभाव पर्ने  उल्लेख गरेको छ । 

त्यसैगरि, विश्व बैंक कोरोना संक्रमण ठुलो मात्रामा देशव्यापीरुपमा फैलन सक्ने र सरकारको कमजोर व्यवस्थापकीय क्षमताको कारण आकस्मिक सहायता र रोकथामका क्रियाकलापहरू हुन नसक्ने भन्दै खतरा रहेको उल्लेख गरेको छ । यो खतराले, गरिबी अत्यन्त उच्च स्तरमा पुर्‍याउने अनुमान विश्व बैंकको रहेको देखिन्छ । 

नेपालको हालको आर्थिक विकासबारे व्याख्या गर्दै रिपोर्टमा लेखिएको छ, ‘कमजोर कृषिजन्य गतिविधिले आर्थिक विकास घटाएको छ । मनसुनमा आएको ढिलाइ र फौजीकिरा तथा नक्कली बिउको कारण धानको उत्पादनमा आएको कमिको कारण यस्तो देखिएको हो ।’ 

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि यसको असरबाट प्रभावित भएका उद्योगी व्यापारीलाई सहयोग गर्न सहुलियत विधि खोज्न थालेको छ । राष्ट्र बैंकले कोरोना भइरस प्रभावित उद्योगी व्यापारीलाई दोस्रो पटक राहत दिने विधि खोज्न शुरु गरेको हो । 

गभर्नर अधिकारीले सम्बद्ध सरोकारवालहरूसँग यसै विषयमा छलफल भइरहेको समेत बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस