aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मेरोमाइक्रोफाइनान्सद्वारा कोरोना कोषमा २५ लाख ६० हजार जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ बैशाख २०७७
मेरोमाइक्रोफाइनान्सद्वारा कोरोना कोषमा २५ लाख ६० हजार जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि संघीय सरकारले स्थापना गरेको कोषमा रू. २५ लाख ६० हजार ७ सय १९ रुपैया“ सहयोगको गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले स्थापना गरेको कोषमा गर्ने यो सहयोग सञ्चालक समितिको तर्फबाट, कार्यरत कर्मचारीहरूको तर्फबाट ३ दिनको पारिश्रमिक तथा संस्थाको तर्फबाट उक्त रकम जम्मा  गरिने निर्णय भएको लघुवित्तले जनाएको छ ।

यसका अतिरिक्त तत्कालका लागि संस्थाले विपन्न तथा पिडित वर्गहरुका लागि राहत स्वरुप विभिन्न स्थानीय स्तरहरुमा रू. १० लाख बराबरको खाद्यान्न सहयोग गर्ने समेत जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस